सिन्धुका , दीर्घकालिन किसानहरुको संजाल

सिन्धुका दिगो कृषक नेटवर्कमा भाग लिनुहोस आफ्नो व्यवसाय साथै स्थानीय अर्थव्यवस्थालाई मजबुत बनाउनुस् १ सिन्धुका एउटा कलेक्टिभ ट्रेडमार्क हो जसले स्थानिय तरकारी फलफुल मसला तथा जडिवुटीहरु वातावरण मैत्री तरिकाले दीगो रुपमा उत्पादन गरेको कुराको पहिचान गराउंदै कृषकहरुलाई उपरोक्त उत्पदन प्रणाली अंगिकार गर्न परिचालित गर्दछ। ।

सुरु गर

सिन्धुका के हो

सिन्धकाले फलफुल, तरकारी र जडी बुटि खेतीको वातावरण मैत्री एवं दिगो प्रविधि गर्ने किसानहरु खोज्दै छ । हामी जलवायु परिवर्तनका असरसंग अनुकुल गर्ने खेती प्रथाहरु– जस्तै रासायनिक मलको प्रयोग घटाउने र सुरक्षित स्थानीय वातावरण मैत्री मलहरु मात्र प्रयोग गर्ने प्रथालाई जोड दिन्छौ । हाम्रो प्रमुख उदेश्य कृषकहरुको व्यवसायिक नेटवर्क बनाएर स्थानीय खानापदार्थको बजारिकारणमा सहयोग गर्नु हो ।

Farming sustainably in Nepal

सिन्धुकाको उदेश्य के हो?

सिन्धुकाको उद्देश्य के हो । सिन्धुकाको प्रमुख उद्देश्य भनेको कृषकहरुलाई एउटा भरपर्दो वातावरण मैत्री समुह द्धारा आफ्नो उत्पादको बजारीकारणको लागि अवसरहरु प्रदान गर्नु तथा भएका व्यवसायहरुलाई मजबुत बनाउनु हो । २०१५ को भुकम्पदेखि कृषि आयात बढेको र स्थानयि कृषि घटेको प्रवृत्ति उल्टाएर देशको हित गर्नुहोस

भावी कार्य दिशा ः ? राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा एउटा उत्कृष्ट कृषि नेतवर्कको स्थापना गर्नु

Farming sustainably in Nepal

उत्पादकको रुपमा मलाई सिन्धुका व्यापारको आवश्यकता किन पर्छ ?

  • दिगो र जिम्मेवार ब्रान्ड द्धारा व्यापार बढाउनको लागि
  • एउटा एकीकृत कृषि उत्पादन वितरण र बढ्दो व्यावसायिक नेटवर्कंमा प्रवेश गर्नको लागि
  • बजारको जानकारी सजिलो गरी पाउनको लागि
  • मध्यस्तहरुमा निर्भरता घटाउनको लागि
  • उत्पादनका भाउको निर्धारण गर्न व्यवसायीहरुसंग सम्झौता गर्ने क्षमता बढाउनको लागि
Farming sustainably in Nepal

कसले व्यापार टे«डमार्कको लागि निवेदन आवेदन दिन सक्छ ?

  • कृषि सहकारी
  • कृषक समूह
  • कृषक समुह तथा कृषक सहकारीका सदस्यहरु

माथि उल्लेखित श्रेणीका कृषकहरुले DCCRA Standards र सिन्धुकाको नियमहरुको सिमामा रहेर सिन्धुकासंग व्यापार गर्न आवेदन दिन मिल्छ ।

DCCRA Standards अनुसार केवल स्थानिय जातको खेती गर्नुहुन्छ । रासायनिक मलको प्रयोग न्युनतम मात्रामा प्रयोग गर्नुहुन्छ र जलवायु परिर्वनका असरसंग अनुकूलन गर्ने खेती प्रविधि प्रयोग गर्नु पर्दछ ।

सिन्धुकाका नियमहरुले Code of Conduct दैनिक रुपमा व्यापारको लागि हित गर्ने व्यवहार र कार्य सिकाउदछ । हामीले तपाईहरुलाई कसरी पर्यावरण, सामाजिक र नैनिक जिम्मेवारीका साथ निर्णयहरु गर्ने भनेर पनि सिकाउछौ ।

Farming sustainably in Nepal

आवेदन कसरी दिन मिल्छ ?

  • १. फुलबारी सहकारीमा आवेदन फारम भरि बुझाउनुहोस्
  • २. अनुमोदन प्राप्त गर्नु होस्
  • ३. संकेत सम्झौता पत्रमा हस्ताक्षर गर्नु होस्
  • ४. आवश्यक संस्थागत तथा कानुनी करहरु तिर्नुहोस्
  • ५. सिन्धुकावाट सबै आवश्यक सामग्री प्राप्त गनुहोस्

Application procedure graphic

Download the guidelines (English)

Download the guidelines (Nepali)

Download the promotional materials

Farming sustainably in Nepal

स्थानहरु

Fulbari Collection Centre

Kavrepalanchok

Jorsalla biu utpadak sahakari

Kavrepalanchok

Suvapravat biu utpadak sahakari

Kavrepalanchok

Dapcha Namobuddha

Kavrepalanchok

Bahuudhesiya coop ratamata

Sindhuli

Bara Golanjor

Sindhuli

Mahangkalaswori cooperatives

Sindhupalchok

Gyalthum healmbu Cooperatives

Sindhupalchok

Kiwool Sana Kishan Cooperative

Sindhupalchok

Kavre Krishi Bazaar

Banepa Market

सम्पर्क

यदि हजुरले आफ्नो कृषि व्यवसाय र खेतीमा दिगो नाफा बनाउन चाहनुहुन्छ भने हामीलाई आजै सम्पर्क गनुहोस

फोन नं.: 9841506201
फोन नं.: 9849826142